कोभिड-१९ (कोरोना भाइरस) सम्बन्धी जानकारी
भाइरसविज्ञ डा. लुना भट्ट शर्माका अनुसार अरू दुईवटा भेरिअन्टमा देखिसकिएको म्यूटेशन अर्थात् उत्परिवर्तन एउटैमा देखिँदा त्यो उत्परिवर्तित प्रकारलाई डबल म्यूटन्ट भेरिअन्ट भनिन्छ।
“यसले भाइरसलाई फाइदा पुर्याउने र मान्छेलाई हानि पुर्याउने हुन्छ,” त्यसको चरित्रबारे उनले थपिन्।
विश्वका कैयौँ देशमा अहिले कोरोनाभाइरसका विभिन्न भेरिअन्ट अर्थात् उत्परिवर्तित प्रकारहरू देखा परिरहेका छन्।
भारतमै यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्टसहित कोरोनाभाइरसका विभिन्न प्रकार फैलिएको पुष्टि भएको छ।
नयाँ भेरिअन्टहरूको प्रादुर्भाव र आगमनसँगै त्यहाँ दैनिक सङ्क्रमित हुने र मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ।
साभार: बीबीसी नेपाली
भाइरसविद् र जनस्वास्थ्यविद् र चिकित्सकहरूले नेपालमा पनि दोहोरो उत्परिवर्तन भएको समेत नयाँ कोरोनाभाइरसका नयाँ प्रकारहरू फेला पर्नु सुखद सङ्केत नभएको बताएका छन्।
पछिल्लो समय नेपालमा पनि सङ्क्रमित मानिसको सङ्ख्या बढिरहँदा नयाँ भेरिअन्टको उपस्थिति चिन्ताको विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला बताउँछन्।
“नेपालमा मानिसहरूको भिडभाड तथा ठूल्ठूला जमघटहरू जारी रहेका बेला नयाँ भेरिअन्टहरू देखिनु आगोमा घ्यू थपिए सरह हो,” उनले बीबीसी न्यूज नेपालीसित भने।
सङ्क्रमण फैलिने दर पनि उच्च देखिएकोले नेपालमा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि हुनु चिन्ताको विषय भएको धारणा डा. लुना भट्ट शर्माको पनि छ।
किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन?
“अर्को कुरा यसले एन्टिबडी भनिने प्रतिरोधी प्रणालीलाई छल्ने र हाम्रो शरीरभित्र हुने टी-सेलले समेत यसलाई नचिन्ने भएकोले यो झन् खतरनाक छ,” उनले औँल्याइन्।
यसको अर्थ कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भएर एन्टिबडी बनिसकेका र खोप लगाइसकेका मानिस पनि फेरि सङ्क्रमण हुने जोखिमबाट मुक्त नभएको विज्ञहरू बताउँछन्।
डा. लुना भट्ट शर्माका अनुसार डबल म्यूटन्ट भेरिअन्टबारे अर्को चिन्ताको विषय भनेको सङ्क्रमण भएपछि त्यसले छिट्टै सिकिस्त बनाउनु हो।
साभार: बीबीसी नेपाली
जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको डा. बास्तोला सुझाउँछन्।
साथै मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड तथा जमघट नगर्नुपर्नेमा उनी जोड दिन्छन्।
त्यसबाहेक भाइरसको विस्तार नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ अर्थात् सङ्क्रमितको सम्पर्क र संसर्गमा आएका मानिस पत्ता लगाउनु धेरै महत्त्वपूर्ण भएको विज्ञहरू बताउँछन्।
“सङ्क्रमण नियन्त्रण तथा रोकथामको दिशामा कन्ट्याक्ट ट्रेसिङ त एकदमै महत्त्वपूर्ण छ। अब डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भएकै भक्तपुरका ती व्यक्तिबाट कतिलाई सङ्क्रमण भइसकेको होला,” उनले थपिन्।
जनस्वास्थ्यविद्हरूले परीक्षणको दायरा पनि बढाउनुपर्नेमा जोड दिइरहँदा अहिले दैनिक सरदर चार हजारदेखि पाँच हजारवटा मात्र पीसीआर परीक्षण हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
साभार: बीबीसी नेपाली
कोभिड-१९ ले भिन्न भिन्न व्यक्तिहरूलाई भिन्नाभिन्नै तरिकाले प्रभाव पार्न सक्छ। धेरै संक्रमित व्यक्तिमा सामान्य देखि जटिल स्वास्थ्य समस्या देखिन्छ र धेरैलाई अस्पताल भर्ना नभई निको हुन्छ।
सबैभन्दा धेरै देखिने लक्षणहरु:
- ज्वरो
- सुक्खा खोकी
- थकान
- शरीरको दुखाई
- गला बस्नु वा खसखस हुनु
- झाडापखाला लाग्नु
- आँखा रातो हुने
- टाउको दुख्नु
- स्वाद र गन्ध थाहा नहुनु
- छालामा रातो दाग देखिनु
- श्वासप्रश्वासमा समस्या, छिटोछिटो सास फेर्नु
- छातीको दुखाई, अट्ठ्याए जस्तो हुनु
- बोल्न र चल्न नसक्नु
आजका दिनसम्म कोभिड-१९ को लागि विशेष भ्याक्सिन वा औषधि बनिसकेको छैन। उपचार पद्धति निर्माण र परिक्षणको क्रममा छन्।
नोट: यस ट्याबमा दिइएको जानकारी वा तथ्याङ्क मैले अपडेट गर्ने होइन।
- नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- विश्व स्वास्थ्य संगठन
- युनिसेफ, नेपाल
- जिल्ला प्रशासन कार्यालय, गुल्मी (COVID-19 सम्बन्धी एकीकृत सूचना)
- 1115 (बिहान ६ देखि राती १० बजे सम्म)
- 1133 (चौबीसै घण्टा)
- 9851-255-834, 9851-255-837, 9851-255-839 (बिहान ८ - बेलुका ८)